प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ बिक्री वितरण गर्ने ४ जना प’क्राउ



प्रहरीले काठमाडौँका चार ठाउँमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँका ४४ बर्षीय रबिनराज श्रेष्ठ, बाँके घर भएका ३६ बर्षीय राजु पौडेल, ओेखलढुंगा घर भएका ३१ बर्षीय धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका ३६ बर्षीय रहेका वीरेन्द्र चौधरी छन् ।

काठमाडौँका चारवटा स्टोरबाट जम्मा २०२ कार्टुन (४८४८ थान) रेडबुल समेत बरामद गरिएको छ । बरामद सामाग्री मध्ये ८४ कार्टुन रेडबुल बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखि जिल्ला सर्लाही हरिपुर न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने बिरेन्द्र चौधरीले बिक्रिवितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट बरामद गरिएको हो ।

देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने अपराध महाशाखाले जनाएको छ । प’क्राउ गरिएका आ’रोपीहरूले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो ।

साथै बरामद समानहरु खुला सीमानाको फाइदा उठाउदैं भारतसंग सीमानाका जोडिएका तराईका बिभिन्न जिल्लाहरुबाट लुकाइछिपाई नेपाल भित्र्याउने र पिक अप भ्यान तथा रात्रीकालीन बसका बिभिन्न भागमा लुकाई काठमाण्डौसम्म ओसारपसार गरि बजारमा बिक्रिबितरण गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्