थप २ हजार ८३८ जनामा संक्रमण पुष्टि, ३० को मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने ३० सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा ६९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना सङ्क्रमित भेटिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्