Prime Minister KP Sharma Oli taking part in a video conference of SAARC leaders to contain the spread of the coronavirus, in Kathmandu, on Sunday. The conference was conducted at the initiative of the Indian PM. Photo: RSS

Banner Second

दोस्रो अध्यक्ष दिन्छु भन्दापनि माधव नेपालले मान्नु भएन : ओली

By थाहा अनलाइन

July 21, 2021

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका छन् । बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले माधव नेपालले दोस्रो अध्यक्ष मागेको र अध्यक्ष दिन तयार छु भन्दा पनि उनले एकतामा इच्छा नदेखाएको बताए । ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे। मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ उनले भने, ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ ।’

त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेको ओलीले बताए । ‘किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्,’ ओलीले भने, ‘संसदमा आफ्नै पार्टीको सरकारका विरूद्धमा मन हालियो ।

यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथै छु । म थाकेको छैन । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’

उनले पार्टी एकताका लागि हदैसम्म लचिलो भएको र १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । एकता भए पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील रहने ओलीले बताए ।