Banner First

अब सम्मानजनक पार्टी एकताको पक्षमा लाग्नुपर्छ : माधव नेपाल

By थाहा अनलाइन

July 21, 2021

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब सम्मानजनक रुपमा पार्टी एकताको पक्षमा लाग्नुपर्ने बताएका छन् ।

आज बसेको आफूनिकट स्थायी समिति बैठकमा नेपालले सम्मानजनक एकताको पक्षमा लाग्नुपर्ने बताएका हुन् ।

नेता नेपालले बैठकमा पार्टी एकता नै अब आफूहरुका लागि पहिलो प्राथमिकता हुने बताएको नेता युवराज ज्ञवालीले जानकारी दिए । एकअर्कालाई आरोप–प्रत्यारोप नगरी पार्टी एकतामा लाग्नुपर्नेमा नेपालले जोड दिए ।

बैठकमा उनले १० बुँदे प्रस्तावको प्रसंग भने उल्लेख गरेनन् । पार्टीको एकता कायम राख्न सजग हुनुपर्नेमा उनले जोड दिए ।