टप फिचर

३९औ वि.पी स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस त्रिवेणी गाउँ कमिटी द्वारा वृक्षारोपण

By Thaha - Online

July 21, 2021

३९औ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसका का.सभापति मिलन केसीको संयोजकत्व तथा नेपाली काङ्ग्रेस त्रिवेणी गाउँ कमिटीकाे आयोजनामा ११५ अाेटा वृक्षारोपण गरी त्रिवेणी गाउँपालिका रोल्पामा पनि स्मृति दिवस मनाएको छ। नेपाली काङ्ग्रेस त्रिवेणी गाउँ कमिटीले वि.पी कै सम्झनामा आज भानु आ,वि बाझवाेटमा विभिन्न प्रजातिको फलफूलहरू लगाएर दिवस मनाएको छ ।

भानु आ,वि विद्यालयको सहमति लिएर विद्यालयको प्राङगनमा वृक्षारोपण गरिएको वडा न ६का वडा अध्यक्ष लेखमणि डाँगीले जानकारी दिनु भएको छ।त्यस्तै टिमुर,कागती दालचिनि र फलफूल र लगाएको अध्यक्ष डाँगीले बताउनु भयो। वृक्षारोपण कार्यक्रममा सन्तनिरँकारी मण्डलका प्रचारक बिरबल डाँगी ,वडा न ६का वडा अध्यक्ष लेखमणि डाँगी ,नेपाली प्रजातान्त्रिक पूर्व अध्यक्ष जीवराज खड्का ,नव नेपाल क्याम्पस प्रमुख गाेविन्द्र केसी ,सरस्वती मा,वि काउलाबाटका प्र .अ धन बहादुर वली,जय नारायण आ,वि का प्र .अ.दिनेश वली नेपाली काङ्ग्रेस पूर्व सभापति जीवराज खड्का ,नेपाल विद्यार्थी सङ्घको पूर्व जिल्ला उपाध्यक्ष दुर्योधन राना नेपाल दलित सङ्घका विशाल नेपाली स्वास्थ्य आमा समूहका आशा पुन लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।