सञ्चारकर्मी वीरेन्द्र गिरीकी आमाको जीवन बचाउन अपिल



ओमप्रकाश गुप्ता भालु वाङ ६ साउन । सञ्चारकर्मी वीरेन्द्र गिरीले आफ्नी बिरामी आमाको जीवन रक्षाका लागि सबै सँग अपिल गरेका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लाल मटियामा अवस्थित रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यरत सञ्चारकर्मी गिरीकी आमा बिरामी भएर अस्पतालको शैयामा छटपटाइ रहेकीले आमाको ज्यान बचाउन सबै सँग आग्रह गरेका छन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलहा निवासी सञ्चारकर्मी गिरीकी आमा विमला गिरीको पाठेघर सम्बन्धी समस्या रहेको छ । लामो समय देखि पाठेघरबाट रगत बगिरहेको छ । गिरीको अहिले जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । डाक्टरका अनुसार पाठेघरको अप्रेसन गर्नुपर्ने र तत्काल अप्रेसन नगरे क्यान्सर भई ज्यान जोखिममा पर्न सक्ने भएकाले समयमै अप्रेसन गर्नका लागि आफू सँग धन सम्पती नभएकाले अप्रेसनका लागि चाहिने रकम सहयोग गरिदिन हुन सञ्चार माध्यम, पत्रकार महासङ्घ, सङ्घ संस्था, उद्योगी व्यापारी, राष्ट्रसेवक कर्मचारी तथा सहयोगी मनकारी व्यक्तिहरूमा सञ्चारकर्मी गिरीले आग्रह गरेका छन् ।

सञ्चारकर्मी गिरीको आमालाई सहयोग गर्न चाहनेले वीरेन्द्र गिरीको नाममा रहेको कामना सेवा विकाश बैंक ली.को खाता नम्बर ०३३१३५००२४६४०३०००००१मा सहयोग रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८११९७६४३३, ९८६४४१७२९८ वा रेडियो राप्ती तथा राप्ती टेलिभिजनको फोन नम्बर ०८२–५८०२९३ मा फोन गरी सहयोग रकम पठाउन सक्नु हुने छ ।

सञ्चारकर्मी गिरी घरको जेठो छोरा हुन् । उनको घरको आर्थिक अवस्था एकदमै नाजुक छ । उनी दृष्टिविहीन व्यक्ति हुन् । भाइ पनि सानै रहेको र बुबाले केही गर्न नसक्ने अवस्था रहेको छ । यस्तो बेला सञ्चारकर्मी गिरीको काँधमा धेरै जिम्मेवारी थपिएको छ । उनी दृष्टिविहीन भएकाले केही गर्न सकिरहेका छैन ।

आफ्नो पढाई खर्च जुटाउन उनी विभिन्न सञ्चार माध्यममा काम गरिरहेका छन् । तर सञ्चार माध्यमहरूबाट आउने तलबले जसोतसो आफ्नो पेट पाल्ने काम भन्दा अरू केही भएको छैन । जति सुकै योग्यता भए पनी योग्यता न हेरी शारीरिक विशेषताकै आधारमा विभेद गरिएको हुन्छ । काम जति सुकै राम्रो भए पनि त्यो काम भन्दा पनि शारीरिक विशेषता हेरी आफूहरूलाई कमजोर बनाइने गरेको उनको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्