अश्लिलता व्यापारको आरोप लागेका कुन्द्राले महिना दिनमै यति कमाउँथे



काठमाडौं । अश्लिल भिडियो बनाएर प्रशारण गरेको अभियोगमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा अकुत सम्पत्तिका मालिक हुन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरेका राजको मुम्बईमा १ सय करोड भारुको बंगला छ ।

उनले व्यवसायको शुरुवात पश्मिना शलको व्यापार गरेर गरेका थिए । उनका पिता लण्डनमा बस कन्डक्टर थिए । उनले नेपालबाट पश्मिनाको शल किनेर बेचे । त्यसपछि उनले दुबई गएर कम्पनीको निर्माण गरे ।

उक्त कम्पनीमार्फत उनले धातु, कन्स्ट्रक्सन, माइनिङमा डिल गर्न थाले । त्यसपछि उनले थुप्रै क्षेत्रमा काम गर्न थाले त्यसपछि उनले ठूलो एम्पाएर खडा गरे ।

अश्लिल भिडियो राजको पैसा कमाउने तरिका हो । उनका व्यवसाय थुप्रै क्षेत्रमा फैलिएको छ । राजले फेसन उद्योग, रियल स्टेट, कन्स्ट्रक्सन, स्टील प्लान्ट, फोरेक्स इनभेस्टमेन्ट, सतयुग गोल्ड, सुपर फाइट लिग र मुम्बईमा फुड चेन जस्ता कामसँग जोडिएका छन् ।

एक वेभसाइटका अनुसार राजको कमाई लगभग १०० मिडियन डलर रहेको छ । राज पछिल्लो समय ९ कम्पनीमा आवद्ध छन् । उनी सिनेमेशन मिडिया वक्र्स, बास्टियन हस्पिटालिटी, कुन्द्रा कन्स्ट्रक्सन, जेएल स्ट्रीम, एक्वा एनर्जी बेवरेजेज, भियान इन्डस्«टीज, होम एण्ड प्राइभेट लिमिटेड र क्लियरकम प्राइभेट मिडिया जस्ता कम्पनीहरुका मालिक हुन् ।

राज भारतका सफल व्यवसायीको सूचिमा पर्छन् । उनी सन् २००४ को ब्रिटिस म्यागाजिनमा ब्रिटिश एशियन धनिहरुको १९८ औं स्थानमा रहेका छन् । उनको त्यसपछि सम्पत्ति बढिसकेको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो एक दशकमा उनको सम्पत्ति ८० प्रतिशत बढेको छ ।

रिपोर्टका अनुसार उनी हरेक महिना १०० करोड कमाउँछन् । उनको एक वर्षको कमाई १२०० करोड छ । उनको कूल सम्पत्ति २९०० करोड छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्