नबराज ह’त्याका’ण्डका अ’पराधी हुन् जनार्दन शर्मा तत्काल राजीनामा दिनुपर्छ – दलमर्दन कामी



काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि गम्भीर आ’रोप लगाएका छन् ।

पश्चिम रुकुम सोती ह’त्या का’ण्डका दोषीलाई संरक्षण गरेको भन्दै नेता कामी सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा अर्थमन्त्री शर्मामाथि खनिँदै आएका छन् ।

उनल्व   फेसबुकमा लेखेका छन्, ‘पश्चिम रुकुम सोती नरसंहार ह’त्या काण्डका नबराज विकलगायतका ६ जना भाइका परिवारले न्याय पाउँदैनन् तबसम्म हर किसिमले जनार्दन शर्मा शिल्पी समुदाय नजरमा अपराधी नै हुनेछन् ।’

नेता कामीले बुधवार पनि ‘जनार्दन शर्मा अपराधी नै हुन्’ भनेर पुनः फेसबुकमा लेखेका छन् । उनको टिप्पणीमाथि माओवादी लगायत केही व्यक्तिहरूले प्रतिवाद र समर्थन गरेको समेत देखिएको छ । उनले अर्थमन्त्री  शर्माका नेताकार्यकर्ताबाट सामाजिक सञ्जालमा गाली गलौच र फोनमा आफूलाई धम्की आएको समेत उल्लेख गरेका  छन ।  नेता कामी पूर्वमाओवादी हुन् । उनि बाबुराम भट्टराईले माओवादी छोडेपछि उतै लागेका हुन । पहिले नयाँ शक्तिमा रहेका कामी अहिले जसपामा रहेका छन्  । 

गत वर्ष २०७७ जेठ १० गते पश्चिम रुकुमको भेरी नगरपालिका–४, राना गाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोती गाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगे लगत्तै ६ जनाको मृत्यु भएको थियो । सो घ’टना ह’त्या भन्दै त्यसका दोषीलाई संरक्षण गरेको भन्दै शर्मामाथि आ’रोप लागेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले नबराज ह’त्याकाण्डमा रास्ट्रिय सभामा आफ्नो घटनाको रिपोर्टिङ राख्ने क्रममा  नबराज सहित ६ जना युवा लकडाउनको बेला केटि लिन जादा गाउँले लखेटेको र भाग्दा उनिहरु आफै भेरी नदिमा हाम्फाली मरेको बताएका थिए । सोही क्रममै दलित सासदले सभाहल मै शर्माको चर्को बिरोध समेत गरेका थिए । अर्थमन्त्री भए सगै धेरैले जनादर्नको बिरोध गरेका पोस्टहरु सामाजिक संजालमा छरपस्ट देख्न सकिन्छ ।

नेता दल मर्दनको अर्थमन्त्रीमाथिको आ’रोप यस्तो छ  :

जनार्दन शर्मा अपराधी नै हुन् 

अर्थमन्त्री जनार्दन शर्माले निम्न काम नगरे कुनै पनि मूल्य चुकाउन तयार छौ । विरोध र बहिष्कार गर्न छाडिन्न । कुनै अ’पराधी ह’त्याराको संरक्षण गर्नु त्यो पनि अपर दीनै हुन्छ ,यस कारण जनार्दन शर्माले नवराजलगायत ६ जनाको हत्याराको संरक्षण गर्न नावी देखिको बल निकालेर संसद्मा सत्ता र शक्तिको  दुरुपयोग गरेर संरक्षण गर्न बहादुरी देखाए जुन विषय ७०-८० लाख शिल्पी(तथाकथित दलित )माथि विभेद दमन अन्याय अ’त्याचार ह’त्या नै थियो, हो। 

सत्ता र शक्तिको गुलाम गर्ने यस्ता अ’पराधीको ‘संरक्षकको मतियार बन्दै मलाइ सामाजिक सञ्जालमा तथानाम अपमान जनक गाली बेइज्जती अपशब्दका गालीगलौज र तिम्रो धम्की मेरो लागि फुल माला झैँ पहिरिएर विभेद विरुद्ध लड्नु तयार छु । 

अर्थमन्त्री जनार्दन शर्माका नेताकार्यकर्ताबाट सामाजिक सञ्जाल गाली गलौच  र फोनमा किन धम्की ? अर्थमन्त्री जनार्दन शर्मा ज्युले रुकुम चौरजहारी नवराज बिक लगायत ६ जना भाइहरूको नरसंहार ह’त्या भएपछि घटनालाई सत्य तथ्य छानबिनमा प्रभाव पर्ने गरी सदनबाट ह’त्यारा अ’पराधीहरूको संरक्षण गर्दै बोलेको कुर्लाइ उनी अर्थमन्त्री हुनुभन्दा अगाडि देखिनै अपराधी संरक्षण गर्ने भन्दै जनार्दन शर्मा ज्युको विरोधमा उत्रिए र त्यसको निरन्तरता चलिरहेकै छ। चल्नेछ ।

यस कुराले उनका  नजिकका साथीहरू भनौँ उनका  नेता कार्यकर्तालाई निकै चित्त दुखाइ भएछ मन दुखेछ यस कारण मेरा अन्तरवार्तामा फेसबुक लेखमा गाली गलौच अपसब्जा र फोन प्यासेन्जरमा धम्क्याउने गरेकाछ्न । अर्थमन्त्री जनार्दन शर्माका नेता कार्यकर्ता जसले मन दुखाएका छन् उनीहरूलाई भन्न चाहन्छु ।

हामी शिल्पी (तथाकथित दलित )समुदायले जनार्दन शर्माको विरोध किन नगर्ने ?
१, जसले सदनमा बोल्न पाउने प्रक्रियालाई मिचेर जबरजस्त समय खोसेर जघन्य अ’पराध माथि छानबिन नै हुन नपाइ अ’पराधी लाई संरक्षण गर्दै भिर बाट हाम फालेर मरे भनेर ह’त्याराहरुको ढाकछोप गर्न पहल गरे ।

२, जनार्दन शर्माको गल्तीलाई ढाकछोप गरेर सत्ता र शक्तिको ओतमा रम्नेकी ? समाजमा रहेको विभेद अन्याय अ’त्याचार लाई कायम राखेर त्यसको विरोध गरेजस्तै गरेर नेता कार्यकर्ता को नाममा ब्याज खाइ राख्ने ? 

तिनका नेता कार्यकर्ता लाई मेरो प्रश्न । पश्चिम रुकुम चौरजहारी  नवराज लगायत ६ जनाको ह’त्यामा संलग्न अपराधी ह’त्याराका संरक्षक अर्थमन्त्री जनार्दन शर्मा हुनभन्दा जनार्दन शर्माका नेता कार्यकर्ता बाट मलाई सामाजिक सञ्जाल र फोनमा किन धम्की ?
हैन तपाई लाई चिन्ता लाग्यो आफ्नो नेतालाई सारै भन्यो अब  विरोध नगरोस् भन्ने हो यदि भने र मैले विरोध नगर्नुपर्ने शोभने तिम्रा नेता अर्थमन्त्री जनार्दन शर्मा ज्युलाई भन 

१,अर्थमन्त्री जनार्दन शर्मा ज्यु तपाईँको धेरै विरोध आयो सदनमा नबराएका अपराधीको पक्षमा बोल्दा गरेको गल्ती स्विकारेर  माफी पर्‍यो रे।
२, नवराज लगायत ६ जनाका परिवार आमा बुवा लाई स्वास्थ्य ,ग्यास वास कपास को जिम्मेवारी सरकारले गर्न गराउन र अ’पराधीलाई छिटोभन्दा छिटो कारबाहीको लागि पहल गर्नुस् भने सुझाव आयो हैन भने तपाइको कार्यालय भित्रै शिल्पी(तथाकथित दलित )हरू कार्यालय घेर्न आउदैछ्न । पहिला नै सचेत हुनुहोस् भनेर सन्देश लगी दिनुस् ।
वाहियात रूपमा मलाइ प्यासेन्जरमा अ’पशब्द गालीगलौज र फोनमा धम्क्याएर आफ्नो दिमाग आफै खराब  नगर्नुहोस् अन्याय अ’त्याचार विभेद दमनका विरुद्ध जस्तोसुकै चुनौती भोग्नु तयार छु।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्