चितवनमा गोली लागेर युवकको मृत्यु



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शङ्कास्पद अवस्थामा एक युवक श’व फेला  परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोका समेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नहरमा फेला परेको शवबाट रगत बगेको छ ।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृत पुरुषको सनाखत भई नसकेको बताए  । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्