सैघाली खबर,
काठमाडौं २८ माघ। प्रदेश नम्बर ३ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र प्रदेश नम्बर ५ मा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन प्रक्रिया सुरु भएको छ ।
पौडेललाई मुख्यमन्त्री बनाउन एमालेका ५८ र माओवादी केन्द्रका २३ सांसदले समर्थनको पत्र तयार बुझाएका छन् । पौडेललाई सम्भवतस् आइतबार नै मुख्यमन्त्री नियुक्त गर्ने र सोमबार शपथ खुवाउने प्रदेश प्रमुख सचिवालयको तयारी छ ।
प्रदेश ५ मा पनि वाम गठबन्धनका सदस्यहरुको तर्फबाट एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न आइतबार नै प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराइएको छ ।
मुख्यमन्त्रीको नियुक्ति लगत्तै वामगठबन्धनले ती सदस्यीय मन्त्रिमण्डल घोषणा गर्ने छ । १ गते सार्वजनिक बिदा र २ गते सभामुखको चुनाव भएकाले ३ गते सपथग्रहणको कार्यक्रम राखिने तयारी छ ।
मन्त्रिपरिषदमा सुरुमा मुख्यमन्त्रीसहित एमालेले नवलपरासीका बैजनाथ चौधरी र माओवादी केन्द्रबाट रुकुमका पूर्णबहादुर घर्तीलाई लैजाने तयारी छ। वाम गठबन्धनमा सात सदस्यीय मन्त्रिमण्डलमा ती मन्त्रालय माओवादी र चार मन्त्रालय एमालेले लिने सहमति भएको छ ।khabardabli

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।