धानखोलाबाट ठुलो मात्रामा चरेस सहित दुई जना प’क्राउ



दाङ । अवैध लागु औषध (चरेस) ९ के.जी. ९३० ग्राम सहित २ जनालाई दाङ प्रहरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा जिल्ला बाग्लुङ निसिखोला गाँउपालीका वडा नं. १ बस्ने वर्ष २१ का सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाड गाँउपालीका वडा नं. २ बस्ने वर्ष ३० का रेम बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए ।

यही साउन ६ गते अपराह्न अन्दाजी ३ बजेको समयमा गढवा गाँउपालीका वडा नं. १ धानखोला स्थित हुम्ला रलिङ्ग होटलमा लागु औषध (चरेस) को कारोवार भई रहेको भन्ने गोप्य सुराकीको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सेतो प्लास्टिकमा बेरी इट्टा आकारको लागु औषध ( चरेस) जस्तो देखिने कालो पदार्थ थान-२० फेला परेको प्रवक्ता रिजालले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको छ । लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-३ को दफा १४ को खण्ड (घ) को ४ मा भएको व्यवस्था बमोजिम दुई किलो ग्राम देखी दश किलो ग्राम सम्मको परिमाण भए एक वर्ष देखी ३ वर्ष सम्म कैद र पाँच हजार रुपैयाँ देखी पच्चिस हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्