अमेरिकाको भिजिटर भिसाबारे ६ प्रश्नोत्तर



म भिजिटर भिसामा अमेरिका गएर कतिसमय बस्न सक्छु ?

अमेरिकाको गैर आप्रवासी भिसाले अमेरिकाको पोर्ट अफ कन्ट्रीसम्मको यात्राका लागि अनुमति दिन्छ । त्यहाँ पुगेपछि सीबीपीका अधिकारीले तपाईँ अमेरिकामा रहन सक्ने समयको निर्धारण गर्छन् । तपाईँले आफ्नो भिसाको वैधता भएको अन्तिम दिनसम्म पनि पोर्ट अफ इन्ट्रीसम्म पुग्न सक्नुहुनेछ । पासपोर्टमा भएको भिसा अवधिले तपाईँ कानुनी तवरले अमेरिकामा रहन सक्ने समयको निर्धारण गर्दैन । सीबीपी अधिकारीले अमेरिकामा तपाईँको आगमन भए लगत्तै कति समय बस्न पाउने भन्ने कुराको निर्धारण गर्छन् ।

मेरो भिजिटर भिसाको म्याद अमेरिका पुग्ने मिति लगत्तै समाप्त हुनेछ। मैले प्रस्थान गर्नुअघि नयाँ भिसा लिनुपर्छ?

तपाईँ भिसामा उल्लेख गरिएको अन्तिम म्यादसम्म अमेरिका आइपुग्न सक्नुहुन्छ । विमानस्थल वा सिमानाकामा सीबीपीका अधिकारीले अमेरिकामा तपाईँको बस्ने अवधि निर्धारण गर्छन्। तपाईँको पासपोर्टमा रहेको भिसाको म्याद तपाईँ संयुक्त राज्य अमेरिकामा बसेको बेला नै समाप्त हुन सक्छ । तर तपाईँ सीबीपी अधिकारीले दिएको समय अवधि भन्दा बढी बस्नुभएको छैन भने त्यसले फरक पार्दैन ।

मेरो भिसा आगामी ६ महिनामा समाप्त हुनेछ। मैले नयाँ भिसा आवेदन दिन वर्तमान भिसा समाप्त भएसम्म कुर्नुपर्छ वा अगाडि नै आवेदन दिन सक्छु ?

तपाईँले नयाँ भिसाका लागि आवेदन दिन आफ्नो वर्तमान भिसा समाप्त भएसम्म प्रतीक्षा गर्नु पर्दैन। तपाईँको वर्तमान भिसा वैध छ भने पनि तपाईँले नयाँ भिसाको लागि आवेदन दिन सक्नुहुन्छ।

मैले विवाह नहुँदैको नाम थरसहितको पासपोर्टमा भिसा लिएको छु । म मेरो विवाहपछिको नाम भएको नयाँ पासपोर्टमा भिसा सार्न सक्छु ?

भिसा एउटा पासपोर्टबाट अर्कोमा स्थान तरण गर्न मिल्दैन । आफ्नो नाम कानुनी तवरमा विवाह, छोड पत्र, वा अदालत आदेशका आधारमा परिवर्तन भएको छ भने तपाईँले नयाँ राहदानी बनाउनु पर्छ। तपाईँसँग नयाँ राहदानी हुने बित्तिकै तपाईँले नयाँ भिसाको लागि आवेदन दिन सक्नुहुनेछ । जसले गर्दा तपाईँको संयुक्त राज्य अमेरिका जाने र फर्किने यात्रा सजिलो हुनेछ ।

मेरो वर्तमान अमेरिकी भिसा अगाडिको जागिर गर्दा जारी भएको थियो । मैले अहिले नयाँ कम्पनीमा काम गरिरहेको छु । नयाँ रोजगारदाताले मलाई अमेरिकामा हुने सम्मेलनमा पठाउन चाहन्छन्। मैले पहिलेकै भिसा प्रयोग गर्न सक्छु ?

तपाईँले आफ्नो भिसाको म्याद समाप्त नभएसम्म त्यही भिसामा संयुक्त राज्य अमेरिकाको यात्रा गर्न सक्नुहुन्छ।तर प्रयोजन भने एउटै हुनुपर्छ ।

मेरो बच्चा संयुक्त राज्य अमेरिकामा अध्ययनरत छ। म उ सँगै बस्न सक्छु ?

तपाईँले छोराछोरी भेट्न भिजिटर भिसाको उपयोग गर्न सक्नुहुनेछ । तर तपाई सँग आफ्नै आप्रवासी भिसा, कामदार भिसा वा विद्यार्थी भिसा नभएसम्म तपाईँ आफ्नो बच्चासँग लामो समय बस्न सक्नु हुनेछैन । युएस ट्राभलडक्सबाट

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्