साउदीले जोनसन खोप लगाएका नेपाली कामदारलाई प्रवेश अनुमति दिने



काठमाडौँ : साउदी अरबले कोरोना भाइरसविरुद्धको जोन सन एण्ड जोन सन खोप लगाएका नेपाली कामदारलाई प्रवेश अनुमति दिने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साउदी अरब आउने नेपाली कामदारले जनसनको खोप लगाएर आउन पाउने जनाएको हो ।

 

छुट्टीमा नेपाल आएर साउदी फर्किने तथा नयाँ कामदार जोन्सनखोप लगाएर साउदी गए त्यहाँ गएर संस्थागत क्वारेनटिन बस्नु नपर्ने दूतावासले जानकारी दिएको छ । तर खोप लगाएको १४ दिन कटेको हुनुपर्ने दूतावासले बताएको छ । 

 

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘छुट्टीमा नेपाल गएर साउदी फर्किन लागेका र साउदी अरब आउने नयाँ कामदारले जोन सन एण्ड जनसनको खोप लिन सक्नेछन् । उक्त खोप लगाएको १४ दिनपछि साउदी अरबमा आउँदा यहाँ आएपछि संस्थागत क्वारेनटिनमा बस्नुपर्दैन ।’

 

दूतावासले खोप लगाउन जाँदा आफ्नो राहदानी र भिसा अनिवार्य रुपमा साथमा लिएर जानसमेत अनुरोध गरेको छ । 

 

साउदीले फाई जर, अस्ट्राजिनेका, मोडेर्ना र जोन सन एण्ड जोन सनको खोपलाई मान्यता दिएको छ । साउदी जानेले टिकट काट्दा एयरलाइन्स र ट्राभल एजेन्सीलाई यो कुराको जानकारी गराउन दूतावासले अनुरोध गरेको छ । 

 

साउदीमा त्यहाँको सरकारले मान्यता दिएको खोप मध्ये फाई जर, अस्ट्राजिनेका, मोडेर्ना खोपको २ वटै डोज लगाइसेका वा जोन सनको खोप एक डोज लगाएकाले १४ दिन कटेको छ भने संस्थागत क्वरेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ । साथै कोरोना सङ्क्रमण भएर निको भएको ६ महिना कटेको भए पनि संस्थागत क्वारेनटिन बस्नु नपर्ने दूतावासले सूचनामार्फत जानकारी गराएको छ ।

 

साउदी सरकारको यो निर्णयसँगै अब विभिन्न कारण बिदामा नेपाल आएका नेपाली कामदारहरू जोन सन एण्ड जनसनको खोप लगाएर सहजपुरमा साउदी जान पाउने भएका छन् । यसअघि नेपालमा जनसनको खोप उपलब्ध नहुँदा साउदी गएर नेपाली कामदार क्वारेनटिनमा बस्दा लाखौँ खर्च गर्न बाध्य भएका थिए ।

 

यसैबिच साउदी सरकारले कोरोनाविरुद्धको खोप नलगाएकाहरूलाई सार्वजनिक स्थलमा जान प्रतिबन्ध लगाएको छ ।  अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइएको साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ । 

 

मन्त्रालयका अनुसार ब्युटी पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गरिएको छ । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्