टप फिचर

कविता : जनताका प्र म जनता सँगै लाइनमा

By Thaha - Online

July 23, 2021

सबैलाई चाँडो चाहियो एकै चोटि जान्छन् लिन। अगाडिका प्र म को पालामा भिड नभएको हो नसकेर सुई दिन।

बार्दली बाट हेर्दै गर्नु एक दिन पक्कै नै सकिन्छ यो भिड आफू पनि गर्न नसक्ने अर्काले गरेको कामको किन गर्नु पिर!

प्र म भएको दुई चार दिनमै हेर्नुस् त भयो यत्रो भिड जनता बचाउन आँटो सरकारले भनेर नगर्नु धेरै पिर।

नयाँ प्रधानमन्त्री पनि त हेर्नुस् त छन् है तपाई सँगै लाइनमा यो भिड सबै मिलाउँछन् केही समय पछि कसले भन्छ मैले सुई लाउन पाइन।

यो भिड नहुने काम गरिदिनु पर्‍यो है प्र म देउवा लाइन नबसीकन जनतालाई भनी दिनु होला तिम्रो प्रमाणपत्र लेउ बा।

हेर्नुस् त जनताका प्रधानमन्त्री पनि जनता सँगै छन् लाइनमा केही समय कुरौँ हामीले त्यसपछि कसले भन्छ मैले सुई लाउन पाइन?

धन्यवाद ।