भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिने



काठमाडौं । सांसद पदबाट राजीनामा दिएका एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने भएका छन्।

असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामा सभामुख अग्नि प्रसाद सापकोटाले अझैसम्म स्वीकृत गरेका छैनन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै नेताले रावललाई तत्काल सांसदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । रावलनिकट स्रोतका अनुसार रावलले भोलि नै राजीनामा फिर्ता लिने तयारी गरेका छन् । पार्टीभित्रको विवादमा रावल नेता नेपालनिकट मानिन्छन् ।

तर, पछिल्लो समय उनी कार्यदलको संयोजकमा रूपमा काम गर्दा र १० बुँदे सहमति गरेपछि अध्यक्ष ओलीसँग नजिक भएको चर्चा पनि चलेको छ । तर, रावलले भने यसमा कुनै सत्यता नभएको स्पष्ट पार्दै आएका छन् । हिजो मात्रै नेता नेपालले रावललाई उनकै निवासमा पुगेर भेटेर दायाँ बायाँ नसोची राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । नेपालसँगको भेटमा रावलले यसबारेमा कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्