‘ऐना हेरी हेरी’ बोलको मार्मिक म्युजिक भिडियो सार्वजनिक ( भिडियो ) 



काठमाडौँ । आकाश कार्की र अनु काफ्ले अभिनित  ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वर समावेश रहेको छ। गीतलाई सञ्चारकर्मी शिवराज योगीले लेखेका हुन् भने  भीम बिसीले संगीतवद्द गरेका हुन्। विश्व अधिकारीको गीतमा  सङ्गीत  संयोजन रहेको छ।

करोनाले  आफ्नो प्रिय मान्छेलाई सङ्क्रमित  बनाएपछि श्रीमतीले श्रीमानको स्वास्थ्यको कामना गर्दै तिजमा व्रत बसेको कारुणिक कथा भिडियोमा प्रस्तुत गरिएको छ। नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी  रहेको छ । भिडियोलाई  प्रवीण भट्टले सम्पादन गरेका हुन्।

सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई  गम्भीर विष्टको निर्देशनमा तयार पारिएको हो। हालसम्म भिडियोलाई ३ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा ४०० बढी सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्