टेकुबाहेक थप कोभिड खोप कार्ड प्रमाणीकरण गर्न थप तीन ठाउँ तोकियो



काठमाडौँ । कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौँ उपत्यकाका ४ वटा अस्पतालमा हुने भएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरणको काम हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या विस्तार गरेको हो ।  

मन्त्रालयको बिहीबार सचिव स्तरीय निर्णय अनुसार  अब बानेश्वरको सिभिल अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरको पाटन अस्पतालमा पनि यो सुविधा हुने छ ।

यी सबै अस्पतालमा निःशुल्क रूपमा खोप कार्ड प्रमाणीकरणको काम सुरु भइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर गर्तको खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।

काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनुपर्ने र घन्टौं लाइन लाग्नुपर्ने बाध्यताले सरकारको व्यापक आलोचना हुँदै आएको थियो । विदेश जाने नागरिकहरू लाई गन्तव्य मुलुकले खोप कार्ड प्रमाणीकरण अनिवार्य गरेपछि पछिल्लो दिनमा युवाहरूको भिड बढेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्