गण्डकीमा थप ६ मन्त्रीले लिए शपथ



गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । उनीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले शपथ गराएकी हुन् ।

काँग्रेस र माओवादीका तीन/तीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शुक्रवार शपथ लिएका हुन् । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा काँग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ र पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले शपथ लिएका छन् ।

यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्