थप २९७७ जनामा कोरोना पुष्टि, १८ को मृत्यु



काठमाडौँ ।  पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ३०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ६९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ६७९ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्