भोलिदेखि लामो दूरीका यातायात सञ्चालन गर्न काठमाडौं जिल्ला प्रशासनको अनुमति



काठमाडौँ  ।   जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिवार देखी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ ।  यातायात  सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरूलाई आग्रह समेत गरेको छ ।

साउन १० सम्म निषेधाज्ञा लम्ब्याइए पनि लोकसेवा र विश्वविद्यालयका परीक्षाको विभिन्न समय, मिति सार्वजनिक भएकाले आवागमनलाई मध्यनजर गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधन चल्न दिने व्यवस्था मिलाउन लागेको हो ।

परीक्षार्थी तथा सर्वसाधारणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ, ‘यात्रा गर्ने यात्रु महानुभावले अनिवार्यरुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न हुन अनुरोध छ । लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य रूपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले सूचनामार्फत भनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्