दाइसँग थियो सुजिताको अवैध प्रेम सम्बन्ध, बिहे गर्न अस्वीकार गरे पछि आ’त्मह’त्या गरेको खुलासा



चितवन ।  सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका ठुलो बुबाका छोरा नातामा दाइ पर्ने शुकदेव भण्डारीलाई आ’त्मह’त्या दुरु त्साहन आ’रोपमा प’क्राउ गरेको छ । सुजिताकी आमा अम्बिका भण्डारीले शुकदेववि रुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । सुकदेवलाई बिहीबार काठमाडौँबाट प’क्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सुजिता मृत्यु प्रकरणका बारेमा जानकारी दिन शुक्रवार चितवन प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलन । घ’ट’नाको बारेमा जानकारी दिन चितवन प्रहरीले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा घ’ट’नाका मुख्य अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले शुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजु बहिनीको मात्र नभइ श’ङ्कास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि त्यसैको आधारमा अनुसन्धान अगाडि बढाउँदै लगेको बताए ।

‘सुजिता भण्डारी दिदीकोमा जान्छु भनेर काठमाडौँ गएको र सुकदेवलाई भेटेर विवाह गर्न दबाब दिएको देखिन्छ,’ डिएसपी रानाले भने । विवाह गर्न सामाजिक र नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एक आपसमा अपहरणमा परेको बाहना बनाइ कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासमेत खुल्न आएको डिएसपी रानाले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

‘असार ९ गते सुजिता र सुकदेवबीच टेलिफोन सम्पर्क भएको देखिन्छ । त्यो क्रममा सुजिताले बिहे गर्न भनेको, सुकदेवले नमानेको र विवाद हुँदा सुजिताले मर्छु भनेको तथा सुकदेवले जे गर्ने हो गर भनेको खुल्न आएको छ,’ डिएसपी रानाले भने । काठमाडौँमा केही समय दिदीको घरमा बसेकी सुजिता कोठा खोजेर सुकदेवसँग पनि केही समय सँगै बसेको रानाले बताए ।

सुकदेवका बाबु र सुजिताको बाबु सहोदर दाजु भाइ भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए । सुजिताका बुबा कान्छा र सुकदेवका बुबा उनीभन्दा माथिको रहेको एसपी अधिकारीको भनाइ छ । नुवाकोट पुर्ख्यौली थलो भएका उनीहरूमध्ये सुजिताको बुबा चितवन र सुकदेवका बुबा झापा शरण मति गएको उनले जानकारी दिए ।

सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको श’व जङ्गलमा भेटिएको थियो । सुजिताको काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुलेन । कारण पत्ता लगाउन भिसेरा परीक्षणका लागि नमुना बुझाइएको छ ।

चितवन प्रहरीले पोस्टमार्ट रिपोर्ट र भिसेरा परीक्षण रिपोर्ट दुवै नआएको बतायो । एसपी ओम अधिकारी चाँडै नै दुवै प्रतिवेदन प्राप्त हुने बताउँछन् । पोस्टमार्टमा संलग्न एक जना चिकित्सक डा. गोपाल चौधरीले मृतकको शरीरमा प्राणघातक घाउ चोट नभएको बताए । त्यसैले भिसेरा परीक्षण आवश्यक भएको उनको भनाइ छ । भिसेरा परीक्षणका लागि नमुना खुमलटारको विधि विज्ञान प्रयोगशालामा पठाइको छ ।

सुजिता हराएको दिन वा त्यसपछि पनि शुकदेव चितवन आए नआएका बारेमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । २३ वर्षकी सुजिता घरबाट निस्केपछि मध्याह्न दिदी कवितासँग फोन सम्पर्क भएको थियो । फोनमा बहिनीले आफू अ’पहरणमा परेको जानकारी दिएको दिदी कविताले बताउँदै आएकी छन् । मोबाइल फोन लोकेसनमा घरदेखि दक्षिण लागेको देखिने सुजिताको श’व घरदेखि उत्तरको जङ्गलमा भेटिएको थियो ।

शव नजिकै हरियो सानो बोतलमा सेतो झोल भेटिएको थियो । त्यो झोल धानमा लाग्ने पतेरोको विषादी भएको मृतकका बुबाले नै बताएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीको भनाइ छ । श’व भेटिएको दिनदेखि नै स्थानीयले घ’ट’नाको यथार्थ विवरण चाँडै सार्वजनिक गर्न र दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए । सुजिताको साउन ४ गते मात्र अन्त्येष्टि भएको थियो । यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्