निर्माण व्यवसायी संघका महासचिव माथि सांघातीक आक्रमण



 

सैघाली खबर
दाङ, २८ माघ।दाङ निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोका माथि सांघातीक आक्रम भएको छ । माघ २६ गते बेलुकी घोराहीको म्याङ्गो रेष्टुरेन्टमा केशव नेपाली,अभिमन्यु गिरी र गोविन्द जिशीले पेस्तोल देखाएर कुटपीट गरेको प्रहरीले जनाएको छ ।

दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार अभिमन्यु र केशव गोविन्दले म्याङ्गो रेष्टुरेन्टको गेटमा रोकालाई कन्चटमा पेस्तोल राखेर सांघातीक आक्रमण गरेका हुन्।कुटपीटबाट रोकाको टाउकोमा गहिरो चोट लागेको छ ।उनको टोउकोमा १३ वटा टाँका लगाइएको छ । रोकाको  कोहोलपुर मेडीकल कलेजमा उपचार भइरहेको छ।कुटपीटमा संलग्न तीनैजनालाई प्रहरी नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्