महाराजधिराज खुशी हुनुभयो, हामीलाई आममाफी दिनुभएछ : माधव नेपाल



काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई श्री ५ महाराजाधिराजको संज्ञा दिएका छन् । 
शुक्रवार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै ओली अझै परिवर्तन नभएको बताए । 

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’

‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’ उनले भने । 

उनले अघि भने, ‘मसँगै जोडिएका २३ जना (देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल)लाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।

उनले एकतामा असर पुग्ला भनेर आफूले बिहीबारका २ कार्यक्रममा ख्याल गरेर बोलेको बताए । भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए । साथै, सत्ताबाट बहिर्गमन भए पनि अध्यक्ष ओलीको व्यवहारमा परिवर्तन नभएको पनि नेता नेपालले भनेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्