टप फिचर

कपिलवस्तुको कृष्ण नगरमा पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन

By Thaha - Online

July 23, 2021

रवि प्रकाश कसौधन । कृष्ण नगर, कपिलवस्तु हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै कपिलवस्तुमा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको छ । हिन्दु युवा शक्ति कपिलवस्तुका कार्यकर्ताले कपिलवस्तुको कृष्ण नगर को गोलघर चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा भट्टराईको पुत्ला समेत जलाइएको थियो ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत हिन्दु धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए । डा. भट्टराई हिन्दु धर्मविरुद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा हिन्दु बादी सङ्गठन असन्तुष्ट बनेका छन्। नाराबाजी सहित कृष्ण नगरको गोलघरमा प्रदशॅन गरिएको जानकारी हिन्दु युवा शक्ति कृष्ण नगर नगर कमिटी अध्यक्ष विकास चतुर्वेदी ले जानकारी दिए।