मुख्यमन्त्री पोखरेल, गृहमा सोनाम



 

जनक नेपाली

दाङ, २८ माघ । प्रदेश नं. ५ को मन्त्री परिषद विस्तार हुने भएको छ ।आगामी फागुन ३ गते तीन सदस्य मन्त्री परिषद विस्तार गरिने तयारी गरिएको छ । आईतबार बुटवलमा बसेको प्रदेश सभा बैठकले यस्तो तयारी गरेको प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले जानकारी दिनुभयो ।

आगामी फागुन ३ गते पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलका नेता शंकर पोख्रेलले सपथ ग्रहण गर्ने तयारी भएको थारुले जानकारी दिनुभयो । यस्तै माओवादीको तर्फबाट संसदीय तलका नेता कुलप्रसाद केसी सोनाम ले गृहमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने अन्तिम तयारी समेत भएको उहाँले जानकारी दिनुभयोे ।एमालेकै बैजनाथ चौधरीले अर्थ मन्त्रीको जिम्मेवारी सम्म हाल्ने तयारी भएको छ ।

 

आइतबार प्रदेश नम्बर ५ मा सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरेका थियो।एमाले संसदीय दलका नेता शंकर पोख्रेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीको हस्ताक्षरसहित प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख उमाकान्त झा समक्ष दावी पेश गरेका हुन्।झा समक्ष पेश गरिएको दावीमा ५ नम्बर प्रदेशका एमाले संसदीय दलका नेता शंकर पोख्रेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।प्रदेश सरकार गठनको दावी पेश गर्न एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी नेता वर्षमान पुन अनन्त पनि प्रदेश कार्यालयमा पुगेका थिए। ८७ सदस्यीय प्रदेश नम्बर पाँचमा एमालेका ४१ र माओवादी केन्द्रका २० सहित वाम गठबन्धनको स्पष्ट बहुमत छ। चुनावअघि नै एमाले र माओवादीबीच ५ नम्बर प्रदेशमा पोख्रेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्