चीनले जित्यो महिला सुटिङको पहिलो स्वर्ण पदक



टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा चीनकी याङ किएनले पहिलो स्वर्ण पदक जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् ।

२१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् ।

चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् । गालासिनाले १५१.१ स्कोर गरेकी थिइन् ।

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।

यसै प्रतिस्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् तर उनी पहिलो चरणबाटै बाहिरिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्