टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारको राष्ट्रिय कीर्तिमान



टोकियो- सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० मा महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

कल्पनाले आज बिहान सम्पन्न छनोट चरणको खेलमा ६ सय १६.८ स्कोर बनाउँदै यसअघिको उनको १३औँ दक्षिण एसियाली खेलकुदको आफ्नो ६ सय १४.५ स्कोर लाई पछि पार्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो प्रतियोगितामा ५० जना खेलाडीहरूको सहभागिता रहेको थियो । जसमध्येबाट ८ शीर्ष खेलाडीहरूले अन्तिम चरणमा प्रवेश पाएका छन् ।

छनोटमा नर्वेकी हेग दुष्तादले ६ सय ३२.९ स्कोर सहित शीर्ष स्थान हासिल गरेकी छिन । महिला १० मिटर एयर राइफल प्रतिस्पर्धा टोकियो ओलम्पिकको पहिलो स्वर्णपदक छिनोफानो हुने खेल समेत रहेको छ ।

नेपाली ५ खेलाडी सहभागी खेलहरूमा नेपालको यो पहिलो खेल हो । यसै गरी आजको अर्को खेल जुडो तर्फ भने नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दै छिन् । अहिले बिहान नेपाली समय ७.४५ बजे सोनियाले ४८ केजी तौल समूहमा इरिनासँग प्रतिस्पर्धा गर्दै छिन् ।

इरिना विश्व बरीयतामा ९ औँ स्थानमा रहेकी खेलाडी हुन् । रसियालाई डोङिपका कारण ‌ओलम्पिकमा प्रतिबन्ध लगाइएको भएर इतरिनाले रसियन ओलम्पिक कमिटी मुनी बसेर ओलम्पिक खेल्दै छिन् । वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागी भएकी सोनियाले १३ औँ सागमा कास्य पदक जीतेकी थिइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्