सैघाली खबर
दाङ, २८ माघ । स्व.बाबु आमाको सम्झनामा घोराही उपमहानगरपालिका –१५ घोराही निवासी छोरा रोमकान्त पन्त र बुहारी दामीदेवी पन्तले पाण्डवेश्वर महादेव मन्दिर धारापानी शंख स्थापना गर्नुभएको छ । स्व. बाबु जीवराज पन्त र आमा रुकुमादेवी पन्तको सम्झनामा मन्दिर परिसरमा शंख स्थापना गरिएको शंखदाता रोमकान्त पन्तले बताउनुभयो ।
धार्मिक क्षेत्रका रुमा फष्टाउदै गईरहेको धारापानी शंखको आवश्यक रहेको भन्दै मन्दिर व्यवस्थापन समितिको सल्लाह र सहयोगमा शंखको निर्माण गरि आईतवार विधिवत पूजा आजा गरी उद्घाटन गरिएको उहाँले बताउनुभयो । शिवको प्रतिमा स्वरुप मन्दिर परिषरमा त्रिशुल राखिए पनि शिवको अर्काे प्रतिमा शंख नभएकाले दुवै भगवान शिवको प्रतिमा रहेकाले त्रिशुल छेउमा शंख राखिएको उहाँले बताउनुभयो । स्व. बाबु आमाका छोराहरु खगेश्वर पन्त डोमराज पन्त , दामोदर पन्त , शशिधर पन्त , रोमकान्त पन्त र होताराम पन्त र बुहारीहरु कमला पन्त , राधा पन्त र विमला पन्त , लीला पन्त , डीला पन्त , दामीदेवी पन्त र उमा पन्त रहनुभएको छ । रुद्रमणि पन्त , सरिता पन्त र कृष्ण पन्त नाती नातिनहरु हुनुहुन्छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद अधिकारीले मन्दिर दाताहरुको सहयोगले फष्टाउदै गईरहेको बताउनुभयो । दानीमनहरुको सेवाभावले धारापानी मन्दिर धार्मिक धामका रुपमा विकास गर्न प्रयास गरीरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ सहयोगी दानीहरु नै मन्दिरका देवता हुन । ’ निकै भावुकता साथ उहाँले बताउनुभयो ।
त्यस्तै महाशिव रात्रि पर्वका अबसरमा धारापानी मन्दिरमा लाग्ने मेलाको तयारी पनि अन्तिम चरणमा रहेको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । पार्किङ स्थल निर्माण , मन्दिर परिसर सरसफाई , बाटो निर्माण लगाएतका कामहरु अन्तिम चरणमा रहेकाले उहाँले जानकारी दिनुभयो । परम्परागत मेलाका रुपमा धारापानीमा मेला लाग्ने गर्दछ भने सत्यकी देवी सत्यदेवी संग मेलाको धार्मिक किमदन्ती रहेको छ । मेलाका लागि आईतावार देखी तयारी शुरु भई व्यापार व्यावसाय सञ्चालन भईरहेको सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।