शिल्पा पनि क्राइम ब्रान्चको वाचलिस्टमा, हुनसक्छ सोधपुछ



नयाँदिल्ली । अश्लील फिल्म निर्माणको आरोपमा पक्राउ परेका भारतीय अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्राको विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ ।

शुक्रबार कुन्द्राको पुलिस हिरासत समय बढाउनुका साथै क्राइम ब्रान्चले शिल्पासँग पनि सोधपुछ गरेको थियो । शिल्पाको नाममा २३ कम्पनी रहेको छ र उनी व्यवसायमा राज कुन्द्राको पार्टनर पनि हुन् ।

यस अगाडि शिल्पा राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिजको पार्टनर थिइन् तर उनले गत वर्ष मात्र यो कम्पनीबाट राजीनामा दिएकी थिइन् । मुम्बई पुलिसले सूचना पाएको थियो शिल्पालाई ‘हटशट’ एपको बारेमा धेरै थाहा छ । त्यसैले ५ घण्टा सोधपुछ गरेको थियो ।

एक मिडिया रिपोर्टका अनुसार शिल्पालाई राजको एप हटशटको बारेमा पहिले नै थाहा थियो । किनभने राजले कयौँ पटक एपबाट भएको धेरै आम्दानी शिल्पाको एकाउन्टमा राख्थे । शिल्पा राजको एडल्ट कन्टेन्ट कम्पनी ‘केन्रिन’को पनि पार्टनर हुन् ।

पहिले यस्तो देखिन्थ्यो कि शिल्पाको यस मुद्धासँग कुनै सरोकार छैन । तर आज उनी मुम्बई क्राइम ब्रान्च शाखाको निशानामा परेकी छन् । शिल्पा यो केसमा जोडिएकी छन् कि छैन, उनले कम्पनीबाट कुनै आर्थिक लाभ लिएको छ कि भनेर पत्ता लगाएको छ ।

मुम्बई क्राइम ब्रान्चले शिल्पाको बैङ्क खाताहरूको पनि छानबिन सुरु गरेको छ । यस विषयमा शिल्पासँग फेरि सोधपुछ गर्न सक्छ । वियान इन्डस्ट्रीजबाट उनको राजीनामाको कारण र कम्पनीमा उनको कार्यकालको समय सीमा समेत पत्ता लागेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्