मलेसियामा ओभरस्टे बसेका २८ नेपाली फर्काइँदै



काठमाडौँ – वैदेशिक रोजगारीका लागि मलेसिया गएका २८ जना नेपालीहरू स्वदेश फर्किने तयारीमा छन् । मलेसियाको अध्यागमन विभागका अनुसार ओभर सेट् भएका उनीरुलाई प्रहरीले पक्राउ गरी डिटेन्सन क्याम्पमा राखी जरिवाना तिराएर नेपाल पठाउन लागेको हो । मलेसियामा अवैधानिक रूपमा बसे ३ महिनाको जेल सजाय हुने गरेको छ ।

 

फर्किन लागेकाहरू मलेसियाको पेनाङस्थित जुरूँ क्याम्पबाट, सेमेन्तारा रेलाऊ र केला नतान क्याम्पमा राखिएकाहरू रहेका छन् । स्वदेश फर्किनु अघि उनीहरूको कोरोना परीक्षण रिपोर्ट नआए उतै रोकिनु पर्ने हुन्छ ।

 

उनीहरूलाई स्वदेश फकाउन गैर आवासीय नेपाली सङ्घ (एनआरएनए), प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) तथा विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् । मलेसियाले ओभर सेट् भई डिटेन्सन सेन्टरमा बसेकाहरूलाई पाँच वर्षसम्म आफ्नो मुलुक फर्किन नपाउने गरी  नकारात्मक सूची ‘ब्ल्याक लिस्ट’मा राख्ने गरेको छ । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्