३९० घण्टे बेमौसमी तरकारी पाठ्यक्रम सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न



उत्तम कुमार थापा कैलाली युरोपियन युनियनको आर्थिक सहयोग,ब्रिटिस काउन्सिलको व्यवस्थापन र निड्स नेपालले सञ्चालन गरेको बजार मा आधारित प्राविधिक तथा व्यवसायी सिप (दक्षता) परियोजना अन्तर्गत ३९० घण्टे तालिम सम्पन्न भएको छ । कैलालीको धनगढी उपमहानगर पालीका अन्तर्गत रहेको सनलाईट हाेटेलमा एक कार्यक्रमका बिच सम्पन्न भएको हो । आज भएको कार्यक्रममा CTEVT का सुदूरपश्चिम प्रदेश प्रमुख डाक्टर कुष्माकर भट्टको अध्यक्षताका कार्यक्रम सुरु भएको हो ।

सनलाईट हाेटेलमा सञ्चालन भएको कार्यक्रममा धनगढी उपमहानगर पालीका कृषि शाखा प्रमुख लोकराज उपाध्याय गाेदावली नगरपालिका कृषि प्रमुख बासुदेव भट्टराई गौरीगङ्गा कृषि शाखा प्रमुख दीपेन्द्र परियार कृषि क्षेत्रका प्रशिक्षकहरू कृषक तालिम प्रदायक कथाहरू लगायत सरोकार बालाको उपस्थिति रहेको तियो । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले भने, हाम्रो देशमा कृषकलाई विभिन्न तालिम दिने र प्रगति र समीक्षा गरेर अगाडि बढ्दै कृषि सम्बन्धी कार्यक्रमहरू काठमाडौँ जस्ता सहरमा मात्र नभई गाउँघर र प्रत्यक्ष कृषक माझ हुनुपर्ने उहाकाे भनाइ छ ।

गोष्ठीमा उपस्थित विज्ञका अनुसार हाम्रो कृषकले सबै एकै स्थानमा तरकारी गर्नु भन्दा अलगअलग मापदण्ड अनुसार लगाउन अनुरोध गर्नुभएको तियो । पछिल्लो समय हाम्रो देशका युवाहरू रोजगारीको सिलसिलामा विदेश जान बाध्य भएको हुँदा सरकारले यस्तो तालिमलाई प्राथमिकता दिँदै निड्स नेपालले ल्याएको तालिम लाई सबैले साथ सहयोग गर्न अनुरोध गरिएको हो । आज भएको कार्यक्रममा यसको प्रस्तुति तथा सहजीकरण झङकर कुवरले गरेका थिए भने निड्स नेपालका विनाेद कडाराले कार्यक्रम सञ्चालन गर्नुभएको तियो सरोकार बाला र कृषक सँग अन्तरक्रिया गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्