५२ दिन देखि हराएका पृथ्वी सार्की अझै भेटिएनन् -छोरा खोजिदिन प्रहरीलाई सार्कीको आग्रह



खगेन्द्र अबस्थि  – कैलालीको घोडाघोडी नगरपालिका वार्ड नम्बर ६ बस्ने रंगा सार्कीका १७ वर्षका छोरा पृथ्वी सार्की सम्पर्क विहीन भएका छन् । सुस्त मनस्थिति भएका सार्की गत जेठ २० गते देखि घरपरिवार बाट सम्पर्क विहीन रहेको पारिवारिक स्रोतले बताएको छ । “हराएका भाइको खोजी कार्य गरिइदिनका लागी हामीले इलाका प्रहरी कार्यालय सुखडमा निवेदन समेत दिएका थियौँ ।
तर अहिले सम्म पनि कुनै खबर पाएका छैनौँ” । पृथ्वी सार्कीका दाइ बलिन्द्र सार्कीले भने । उनी हराएको सोही दिन जेठ २० गते स्थानीयले घोडाघोडी नगरपालिकाको वार्ड नम्बर ८ तारा नगर मा देखेको भनेका थिए तर आज सम्म कुनै खबर पाउन नसकेको परिवार बताएको छ । यता, हराएका भनिएका सार्कीको खोजी कार्यमा आफूहरूले सबै आफन्तलाई खबर गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
आफ्नो भाइ हराएको भोलिपल्ट नै इलाका प्रहरी कार्यालयमा दिबेदन दिएको तर खोजी भइरहेको र हामीले आफू मातहतका सबै कार्यालयमा हराएका पृथ्वीको फोटो लगायतका जानकारी पठाएको बताएर आफलाइ प्रहरीले फर्काउने गरेको सार्की परिवारले बताए ।
तर पनि आफू हरेक दिन भाइको खाजीमा बैनियाँ,लम्कि,सुखड,मुडा साडेपानी, भजनी लगायतका ठाँउहरुमा खोजी कार्यको लागी जाने गरेको उनका दाइ बलेन्द्रले बताए ।
हराएका व्यक्तिको हुलिया घोडाघोडी नगरपालिका ६ घर भएका रंगा सार्कीका वर्ष १७ का पृथ्वी सार्की ९सुस्त मनस्थिति ०मानसिक सन्तुलन आंशिक गुमाएका ५।४ इन्च उचाइ भएका, गहुँगोरो वर्णका खुट्टामा चप्पल नभएको, सुस्त मनस्थिति भएका सार्की गत जेठ २० गते घरबाट हराएका हुँदा कतै भेटिएमा नजिकैको प्रहरी कार्यालयमा  खबर गरी  ९८६७०९६०७१,९८६५८०३९१८,९८२४६५७६९४सम्पर्क  गरिदिन हुन परिवारले सबैमा आग्रह गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्