अपराध

टिकटकमा भिडियो बनाई रास्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गर्ने सोम घिमिरे पक्राउ

By Thah Online

July 25, 2021

काठमाडौँ, १० साउन सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका-६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो अडिट गरी ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरी चरित्र हत्या गरेको अनुसन्धानबाट खुल्न आएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत काठमाडौँबाट शुक्रवार ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ ।