दाङबाट जरायोको सिङसहित ३ जना पक्राउ



दाङ । संरक्षित वन्य जन्तु जारायो टाउकोको छलासहितको दूई थान सिंगसहित तीन जना पक्राउ परेका छन् ।

दाङको बबई गाउँपालिका वडा नं.१ गंगटेका २२ बर्षीय जिवन घर्ती, बबई ४ हापुरेका ३९ बर्षीय इनद्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साईलाकाम्दाका २२ बर्षीय बिनोद वली पक्राउ परेका छन् ।

रा १ च ४९७ नम्बरको एम्बुलेन्समा जरायोको सिंगसहित तुलसीपुर तर्फ ल्याउँदै गर्दा आइतबार बिहान १ बजेतिर गहते खोलाबाट उनीहरु पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

बबईको हापुरेबाट पूर्व तुलसीपुर तर्फ आउँदै गरेको एम्बुलेन्समा वन्य जन्तुको ओखेटोपहार रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको साधा पोशकको प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोला नजिक चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिंग बरामद गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका मध्य इनद्रबहादुर केसी एम्बुलेन्स चालक हुन । पक्राउ परेका ब्यक्तिहरु मथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकु्न्दप्रशाद रिजालले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्