भारतीय पोर्न फिल्म काण्ड : आफ्ना पति निर्दोष रहेको भन्दै रोइन शिल्पा



नयाँदिल्ली । पोर्न फिल्मको कालोबजारीमा लिप्त रहेको आरोपमा पक्राउ परेका भारतीय नायिका शिल्पा सेट्टीका पति राज कुन्द्राको समस्या कम हुने देखिएको छैन ।

भर्खरै मात्र जमानतका लागि राजले दिएको निवेदन खारेज भएको छ र उनी अब २७ जुलाईसम्म हिरासतमा रहनेछन् । अहिले राज र शिल्पासँग जोडिएको नयाँ विषयमा खुलासा भएको छ ।

मिडिया रिपोर्टका अनुसार पुलिसले घरमा छापा मार्ने क्रममा शिल्पा र पति राज कुन्द्रा एकसाथ थिए । यस दौरान मुख्य अभियुक्त राजसँगै शिल्पासँग पनि पुलिसले बयान लिएका थियो । त्यसक्रममा राज र शिल्पाबीच झगडा पनि भएको थियो ।

बयान दिने क्रममा शिल्पा शेट्टी पुलिससामु रोएकी थिइन् । शिल्पाले आफ्ना पति निर्दोष रहेको बताएकी थिइन् । विवादास्पद एप हटसटमा के कन्टेन्ट देखाइन्थ्यो भन्ने विषयमा आफूलाई ठोस जानकारी नभएको बयान पनि उनले दिएकी थिइन् ।

अवैध पोर्न फिल्म बनाएको अभियोगमा राज कुन्द्रासहित ११ जनालाई १९ जुलाईमा पुलिसले पक्राउ गरेको थियो । प्रहरीका अनुसार राजले पोर्न फिल्मबाट राम्रो रकम कमाइरहेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्