रंगमञ्चका राजु




गिरिराज नेपाली
मेला महोत्सव होस् वा कुनै साँस्कृतिक कार्यक्रम होस् , माईक्रो फोन समात्यो कि ! गललल… हाँस्छन दर्शक । उमेर भर्खर २६÷२७ पुगेका उनी बच्चा देखी वृद्ध सवैको प्रिय छन । कसैले उनलाई जड्यहा बुढो उपनाम दिन्छन । बाल्यकाल देखी हाँस्यकलामा औधी रुचि राख्दै आईरहेको राजुले केही फिल्म तथा टेलिफिल्म अभिनय गरी आफुलाई चिनाउने मौका पाईसकेका छन । उनले हाँस्यकलामा मात्रै होईन उनले फुर्सदको समयमा गीत गाउने, मादल बजाउने , गीत, गजल र कविता रचना सँगै नेपाली साहित्य क्षेत्रमा आफुलाई समर्पित गर्दछ ।

घोराही उपमहानगरपालिका – १० बुधौराका राजु सानै देखी नै निकै मेहनत र कला क्षेत्रमा संघर्ष गरे । नारायणपुरको लोकप्रिय नाटय समुह वाट आफ्नो हास्ँयकलाको थालनी गरेका उनी बाबुको स्वर्गारोहण पछि विचमै आफ्नो पढाई र कला विचमै रोकेर घरगृहस्थीमा लागे । उनले भन्छन – ‘ बाबुको स्वर्गारोहण पनि पढाई र कला दुबै रोकियो । ’ हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रोपात भने झै उनले पढाई खर्च अभावकै कारण विचमै रोके पनि हाँस्यकला भने उने गृहस्थी दिनचर्या संगै घरमै निरन्तर गरे । अहिले उनी पुनः हाँस्यकलाकै विटमा आफुहरु रमाउन शुरु गरेका छन ।

बाबुको मृत्युपछि पिडा र आर्थिक अभावमा छटपटाईरहेका राजु परिवार खुसी फर्काउन घरधन्दा चलाउन भारत पुगेका उनका भाईलाई सवारी दुर्घटनामा उनको पनि ज्यान गयो । फेरी राजु परिवारमा अर्काे पिडा प¥यो । फेरी उनले निरन्तर अघि वढाईरहेका हाँस्यकलाको यात्रा लाई रोकेर आमा र परिवार खुसी फर्काउनमा फेरी उनी लागे । तर अहिले आमा र श्रीमतीको सहयोगले फेरी उनी हाँस्यकलामै दिनबिताईरहेको उनले बताए । उनले भने– ‘ बाबु र भाईको मलाई ठूलो कलाकार बनाउने सोख थियो । ’ बाबु र भाईको सपना पुरा गर्न म कला क्षेत्रमा फेरी फर्किएको छु । ’


हाँस्यकला चर्चा कमाईसकेका उनले विचविचका ब्रेकअपका कारण अहिले फेरी उत्तिकै चर्चा स्टेज पाउन अलि सारो गाह्रो परेको भएको उनले बताए । उनले भन्छन – ‘ जसले बिना पैसा जाम आईज भन्छन । मलाई मेरो सपना पुरा गर्र्नुछ । ’ पैसा कमाउने मजदुरी देखी सुन बनाउनेका काम सम्म गरेका छु । उनले भने अहिले परिवार चलाउन गाह्रो परेका बेला कला देखाएन समेत पाउदैन ।

 

कला देखाउने समय नहुदा अरुले पत्याउन पनि पत्याउदैनन । उनले भने ‘ आफ्ना चेलाहरु नै ठूलो पर्दाका कलाकार भईसके म चाँही अझै स्थान र पर्दाको खोजीमा छु । ’ दाङमा थुप्रै कला साहित्यका कार्यक्रममा पुरस्कृत भए पनि पछिल्लो समयमा आफुले कतै कतै मात्रै स्टेजमा देखिन पाउन मौका पाएको उनले भनाई छ । उनले स्टेज र अबसर पाए आफुले हाँस्यकलाकै माध्यम वाट आफुलाई चिनाउने दाङको नाम राख्ने सपना बोकेको छु । कला जीवन लाई छोडन नसकेर कलामै फर्किए तर कलाको सम्मान र स्थान पाउन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्