वैदेशिक रोजगारमा जानेलाई भेरोसेलको खोप पनि दिइने



काठमाडौँ । एक महिनाभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेकाहरूलाई जोन सन एन्ड जोन सनको खोप  र एक महिनापछि वैदेशिक रोजगारीमा जानेले भेरोसेलको खोप लगाउन पाउने भएका छन् । जोन सन एन्ड जोन सनको खोप एक पटक लगाए पुग्छ भने भेरोसेल कम्तीमा तीन हप्ताको अन्तरालमा दुई पटक लगाउनु पर्ने हुन्छ ।

 

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजात कुमार श्रेष्ठका अनुसार आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच भएको छलफलमा उक्त सहमति भएको हो ।

 

जोन सन एन्ड जोन सनको खोप धेरै समय राख्न नमिल्ने भएकाले सबै प्रदेशहरूमा खोप वितरण भैसकेको हुँदा वैदेशिक रोजगारीमा एक १ महिनाभित्र जानुपर्ने कामदारहरूलाई उक्त खोप दिने निर्णय भएको बताइएको छ ।

 

वैदेशिक रोजगारीमा जाने कामदारहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटमा अनलाइन फारम भरी आफूलाई पायक पर्ने प्रदेशले तोकेको खोप केन्द्रमा पासपोर्ट, भिसा र अन्तिम श्रम स्वीकृतिको आधारमा खोप लगाउन मिल्ने व्यवस्था मिलाइएको पनि महासचिव श्रेष्ठले जानकारी दिए ।

 

भेरोसेल खोपको मान्यताको सम्बन्धमा परराष्ट्र मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनसँग समन्वय गरी यथाशीघ्र चाँडो मान्यता लिनेसमेत व्यवस्था गरिएको महासचिव श्रेष्ठले बताए ।

 

वैदेशिक रोजगारीमा नेपाली श्रम गन्तव्यमध्ये युएईले अक्सफोर्ड, एस्ट्राजेनेका, सिनोफर्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ । तीमध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई प्रवेश अनुमति दिने जनाएको छ ।

 

कुवेतमा फाइजर अक्सफोर्डको खोपले मान्यता पाएका छन् । कुवेतमा खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा १० सातापछि र अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा लगाउनका लागि १६ हप्ता करिब चार महिना पर्खनु पर्ने नियम छ । कुवेतले कारोना भाइरसविरुद्ध खोपको दुवै खोप लगाएको भएमा मात्र विदेशीलाई आफ्नो देशमा प्रवेश अनुमति दिने बताएको छ । खोपको पहिलो डोज लिएका कामदारले कुवेत प्रवेश गर्न नपाउने स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

 

यसअघि कुवेतले खोप लगाएका भए पनि विदेशी यात्रु १४ दिने क्वारेनटिनमा अनिवार्य बस्नु पर्ने नियम लगाएको थियो । तर स्वीकृत खोप लगाएका विदेशीले कुवेत प्रवेश गर्दा ७२ घण्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने अनिवार्य गरिएको छ ।

 

खोप नलगाई साउदी अरब जाने कामदार लाखौँ खर्च गरेर होटेल क्वारेनटिन बस्नुपर्ने बाध्यता छ ।  साउदीले अक्सफोर्ड, एस्ट्राजेनेका, मोडर्ना, बायोएन्टेकको खोप स्वीकृत गरेको छ । उक्त मुलुक जाने सबैले खोप लगाए नलगाएको बारे जहाज टिकट लिनु अघि नै एकिन गर्नुपर्ने  नियम छ । साउदीले स्वीकृत गरेका अन्य खोप भए दुई डोज र जोनसनको खोप भए एक डोज लगाएको अनलाइनमार्फत दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्