नेपाल पक्षको स्थायी समिति बैठक बस्दै, कित्ता क्लियर गर्न दबाव



काठमाडौं । एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसो पनि बैठक बस्ने स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।

नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो । आजको बैठक त्यसैको निरन्तरता भएको पन्तको भनाइ छ । उनका अनुसार पार्टी एकता काम राख्ने सन्दर्भमा छलफल केन्द्रित छ । हिजोको बैठकमा बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।

कार्यदलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए । एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।

उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गरेका हुन् । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ । तर कार्यदलको प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन ।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच टकराव बढ्दो छ । एमाले प्रतिपक्षमा पुग्दा पनि सत्तारुढ गठबन्धनसँगको सहकार्य जारी रहेका छन् । नेपालमाथि पार्टी एकतासँग सरकारमा जाने पनि समूहभित्रैबाट दबाब छ । पार्टी एकतामा लाग्ने वा नयाँ पार्टी बनाएर सरकारमा जाने भन्नेमा नेपाल पक्षभित्र मतान्तर छ ।

आजको बैठकले यसबारे पनि प्रस्ट धारणा बनाउने पन्तले बताए । तर ओली र नेपाल एकताका लागि तयार भइसकेकाले एमाले विवादले दिशा लिन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्