बल्छी धुर्बे अब गायक



‘बल्छी धुर्बे’ नेपाली कलाकारिता जतगमा एक लोकप्रिय नाम हो । गोरखाको ताकुकोटमा आफ्नो बालापन बिताएका बल्छी धुर्बेको वास्तविक नाम मरीचमान श्रेष्ठ हो ।  नेपाली हाँस्यटेलिश्रृंखला मेरी बास्सैमा बल्छी धुर्बेको भूमिका निर्वाह गरेपछि उनको वास्तविक नाम ओझेलमा परेको हो । मेरी बास्सै टेलिश्रृंखलाका सहायक निर्देशकको रूपमा रहेर हास्यव्यङ्ग्य क्षेत्रमा रहेका बल्छीले हाल  उनको स्वरमा रहेको नयाँ तिज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ ।

गीतमा श्रेष्ठलाई गायिका सपना पौडेलले स्वरमा साथ दिएकी छन् । गायिका सपनाकै लय, शब्द र सङ्गीत रहेको गीतमा सुदिप  सागरको एरेन्ज रहेको छ ।

लोकप्रिय टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक समेत रहेका श्रेष्ठको यो गीतको भिडियो उनीको अलवा राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको.साथै सिरियल ‘हल्का रमाइलो’का अधिकांश कलाकारको अभिनय समेटिएको छ । गायिका सपना कलाकार राजु पौडेल ‘राजु मास्टर’को श्रीमती हुन् । सपनाले यसअघि पनि केही गीत गाएकी छन् ।

सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन् । हास्यव्यङ्ग्य क्षेत्रबाट एकाएक सङ्गीत क्षेत्रमा हाम फालेका बल्छीले आफूलाई नेपाली साङ्गीतिक बजारमा स्थापित गरेरै छाड्ने बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्