मलाई मन्त्री नियुक्त गरेर प्रत्येक्ष मतदाताको कदर भएको  छ : विन्दुकुमार थापा



गण्डकी प्रदेशमा नवनियुक्त कानुन मन्त्री विन्दुकुमार थापाले आफ्नो सरकारमा सहभागिताले आम मतदाताको कदर भएको जनाएका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै थापाले प्रदेशको राजधानी पोखराबाट आफू एक्लो प्रत्यक्ष निर्वाचित सांसद भएकाले मन्त्रिमण्डलमा सहभागी गराउँदा प्रत्यक्ष मतदाताको कदर भएको जनाएका हुन्।

‘नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली काँग्रेसले खेलेको भूमिका यहाँहरूलाई सर्वविदितै छ । पछिल्लो समय देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा अगाडि बढिरहेको यस अवस्थामा बिचमा केही असहज परिस्थिति निर्माण हुन खोजेको भएता पनि पुन यस कठिन मोडलाई सकारात्मक निष्कर्षमा पु¥याउने जिम्मा सङ्घीय सरकारदेखि गण्डकी प्रदेशसम्म नेपाली काँग्रेसको काँधमा आएको छ । जसलाई नेपाली काँग्रेसले अवसरको रूपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसैबिच गण्डकी प्रदेशमा पनि नेपाली काँग्रेसको नेतृत्वमा गठन भएको सरकारमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी पार्टीले मलाई सुम्पेको छ । यसका लागि आम मतदाता शुभेच्छुक, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले सुम्पनु भएको जिम्मेवारीलाई मैले कुशलतापूर्वक कार्य सम्पन्न गर्ने सङ्कल्प लिएको छु । प्रदेशको राजधानी पोखरामा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद भएको हुँदा पनि सरकारमा मेरो प्रतिनिधित्वलाई मैले प्रत्यक्षतर्फ मलाई विजयी गराउने आम मतदाता, दाजुभाइ, दिदीबहिनीहरूको मतको समेत कदर भएको महसुस गरेको छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्