टप फिचर

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे रामचन्द्र पौडेल

By Thah Online

July 26, 2021

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगेका छन् ।  रामचन्द्र पौडेलले खुमलटारमा प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पौडेल खुमलटारमा केही बेर बसेर सीताको स्वास्थ्य अवस्था बुझी फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए ।