सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो



सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । गत आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै आज ९२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँमा कायम भएको छ । यता चाँदीको मूल्य भने गत आइतबारकै मूल्य कायम हुँदै सोमबार पनि प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्