युवा उद्यमशीलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा स्याङ्जाका मल्ल मनोनीत



काठमाडौँ  ।  नेपाली काँग्रेस तरुण विभागको निर्णय अनुसार युवा उद्यमशीलता विकास तथा प्रशिक्षण समन्वय समितिको केन्द्रीय सदस्यमा स्याङ्जा जिल्ला का लोक विक्रम मल्ल नियुक्त भएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् तरुण विभाग प्रमुख शङ्कर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली काँग्रेस पार्टी, केन्द्रीय तरुण विभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाई समन्वय गरी गतिशील बनाउन महत्त्वपूर्ण योगदान रहने विश्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ । युवाहरूको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढ्दै गएको भण्डारी बताउँछन् ।

को हुन त लोक विक्रम मल्ल ?

सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रङ्गिन दुनियाँमा छन् । उनले फिल्मी क्षेत्रमा करिब नौ वर्ष लामो सङ्घर्ष गरेका छन् । फिल्मी क्षेत्रमा विगत ९ वर्ष देखि काम गरिरहेका उनी कलाकार र फिल्म वितरक को काम गर्दछन् ।

समाजमा अरू भन्दा पृथक् उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निःशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई निःशुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए ।

उनको टिम देशमा आई लागेको विपद् महामारीमा पछि नहटेर सेवामा अनवरत रूपमा लागि परिरहयो । एबी इन्टरनेशनल ( फिल्म बनाउने संस्था ) को ब्यानरले सिन्धुपाल्चोक देखि लिएर विभिन्न जिल्लामा आएको विपदमा आफू सक्दो सहयोग गरेको थियो । लोक विक्रम मल्लकै नेतृत्वमा असीम युथ कल्बले केही महिना अघि मात्र उच्च राशि बराबरको भलिबल खेल पनि आयोजना गरेको थियो । उनले नेपाली जन सम्पर्क समिति बहराइन को सह- महामन्त्री , नेपाली क्लबको खेलकुद सचिव र आघिखोला स्याङ्जा को सचिव भएर काम गरेका थिए ।

यी र यस्ता कयौँ सामाजिक तथा व्यवसायीक काममा जोडिएका छन् लोक । तरुण विभागको युवा उद्यमशीलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत भए सङै उनले युवाको हक हितमा आफूले अझै केही गर्ने थप हिम्मत र हौसला प्राप्त भएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्