खेलकुद

सुदूरपश्चिम प्रदेश कैलालीद्वारा स्टार तेक्वान्दो एकेडेमीमा कलर बेल्ट परिक्षा सम्पन्न

By Thah Online

July 26, 2021

नेपाल आईटीएफ तेक्वान्दो महासङ्घ अन्तर्गत सुदूर पश्चिम प्रदेश कैलालीद्वारा स्टार तेक्वान्दो एकेडेमीमा आज कलर बेल्ट परीक्षा सम्पन्न गरेको छ ।

सुदूर पश्चिमकै नमुना एकेडेमीमा आईटीएफको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक प्रकाश जैगडिले पशिक्षण दिएका थिए । उनी विगत पाँच वर्षदेखि अलइन्डिया तेक्वान्दोको हेडकोचमा कार्यरत छन् । उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा गोल्ड मेडल प्राप्त प्रशिक्षक हुन् ।

आफ्नो बालबालिकालाई पर्शीक्षण गराई समयको सही सदुपयोग गर्नुहुन र तेक्वान्दोबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा सम्म  चिनाउन सबै विद्यार्थीलाई अपिल गरेका छन् ।

स्टार तेक्वान्दोले नेपाल लगायत भारतका विभिन्न ठाउँहरूमा पनि स्वकार्य गर्दै आएको छ । उनले थुप्रै बलिवुड सुपरस्टार र हलिवुड सुपर स्टारलाई एक्सन फिल्ममा समेत ट्रेनिङ गराइसकेका छन् । उनले आफू नेपाली भएकोमा गर्व लाग्ने गरेको बताए । आफूले भारतमा थुप्रै नेपाली दाजुभाइहरूलाई तेक्वान्दो प्रशिक्षण दिइरहेको उनको भनाई छ । नेपालीहरूले भारतको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदानको दिएको बताए ।