क्यान्सर हुनबाट जोगाउने टुसा उमारिएको गेडागुडी खाँदा हुन्छ यति धेरै फाइदाहरु



प्रायः हामी टुसा नउमारी गेडागुडी खाने गर्दछौँ । जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँ। टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले क्यान्सर रोगबाट बचाउँछ ।

क्यान्सर हुनबाट जोगाउने टुसा उमारिएको गेडागुडी खाँदा हुन्छ यति धेरै फाइदाहरू । हामीले दैनिक खाने खाना नै स्वास्थ्य हो । खानपानले विभिन्न रोग निम्त्याउँछ भने केही रोग निको पार्न वा लाग्न पनि दिँदैन ।

त्यसैले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । स्वस्थ रहन खानपानमा ख्याल गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने तत्त्वको पूर्ति हुने गरी भोजन गर्नुपर्छ । टुसा उमारिएको गेडागुडीलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ । गेडागुडी उमार्दा यसमा पाइने जटिल संरचना भएको पौष्टिक तत्त्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्त्वहरू उत्पन्न हुन्छन् र सुपाच्य बन्छन् ।

यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । उमारिएका गेडागुडीमा कार्बोहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् । उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्त्व पनि नष्ट भएर जाने गर्दछ ।

उमारिएको गेडागुडीमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ । घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्त्वपूर्ण भूमिका खेल्छ । उमारिएको गेडागुडीमा एन्टिअक्सिडेन्ट तत्त्वहरू बढी मात्रामा पाइने भएकाले फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ ।

अङ्कुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ । महिलाहरूमा महिनावारी रोकिएपछि हुने हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, स्तन क्यान्सर जस्ता समस्यालाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्