एमालेका युवा नेता महेश बस्नेतले साइबर सेना लगाएर तह लाउने प्रत्यक्ष धम्की दिए : खगेन्द्र संग्रौला



काठमाडौँ । लेखक तथा नागरिक अभियन्ता खगेन्द्र सङ्ग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफूलाई धम्की दिएको बताएका छन् । आइतबार उनले आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत आफूलाई धम्की आएको सार्वजनिक गरेका छन् ।

बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको उल्लेख गरेका छन् । बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको आशङ्का गरेका छन् ।

उनले यसबारे ट्विट गर्दै लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र सङ्कटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर!’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्