टप फिचर

रेशम चौधरीलाई हस्ताक्षर सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग लगियो

By Thah Online

July 26, 2021

जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गराउन डिल्लीबजार कारागारमा रहेका कार्यकारिणी समिति सदस्य रेशम चौधरीलाई निर्वाचन आयोग लगिएको छ । उनलाई प्रहरीले गाडीमा ल्याएको थियो ।

उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो।  यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो । चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् ।