जसपा विवादमा रेशम चौधरीले तटस्थ, कसैको पक्षमा हस्ताक्षर गरेनन्



जनता समाजवादी पार्टीको विवादमा कार्यकारिणी समितिका सदस्य समेत रहेका सांसद रेशम चौधरी तटस्थ बसेका छन् ।डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।

जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।  सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले  जसपा अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुर कसैको पक्षमा हस्ताक्षर नगरी उनी निर्वाचन आयोगबाट बाहिरिएका हुन् ।

उनी निर्वाचन आयोग पुग्दा दुवै पक्षका नेता उनलाई स्वागत गर्न लाइन लागेका थिए। निर्वाचन आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेता कार्यकर्ताको भीड छ।

टीकापुर ह’त्याकाण्डका दोषी निलम्बित सांसद चौधरी डिल्ली बजार जेलबाट कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै तटस्थ बस्ने निर्णय लिएको बताए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्