विदेश जानेहरुले अब सैनिक र प्रहरी अस्पतालबाट खोप लगाउन पाउने



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।
 
मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सोमबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर विदेश जाने नागरिकले खोप लगाउन सक्ने जानकारी दिएको छ ।

काठमाडौँको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । उक्त खोप केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खोप लगाउन सक्नेछन्’ सूचनामा भनिएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्