छोराको कुटाइबाट बाबुको मृत्यु



काठमाडौँ । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।

यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्